Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

उन्नती सहकार्य लघुवित्तद्वारा बीमा रकम हस्तान्तरण

२०८० जेष्ठ ७ गते

बैंकिङ खबर/उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा रकम हस्तान्तरण गरेको छ । वित्तीय संस्थाले पीडित परिवारलाई बीमा रकम हस्तान्तरण गरेको हो ।

संस्थाको कपिलवस्तुस्थित पकडि शाखा कार्यलय अन्तर्गत उन्नति लोहरपुरा महिला समूहकी सदस्य स्व.कपुरा कोरी को निधन भएपछि सदस्यले पाउने बीमा वापतको रकम आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको लघुवित्त वित्तीय संस्थाले जनाएको छ ।

सो रकम मृतकको बुहारी शिला कोरीलाई बीमा वापतको ३ लाख ९० हजार अनुगमन प्रमुख सरोज भट्टराईले हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा बोल्दै शाखा प्रमुख धर्मेन्द्र यादवले समूहका सदस्यले कर्जा लिए वापत बैंकको बीमा नियम अनुसार सदस्यको कालगतिमा मृत्यु भएमा १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यु भए २ सय प्रतिशत साथै सदस्यको श्रीमानको मृत्यु भएमा २५ हजार क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको बताए ।