
बैंकिङ खबर/सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरी प्रभावकारी कार्यान्वयन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आव २०८०/०८१ को नीति तथा कार्यक्रम गरेका हुन्।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षलाई डिजिटल वर्षको रुपमा मनाइरहेको छ। राष्ट्र बैंकले विद्युतीय प्रवद्र्धन गर्न डिजिटल फ्रेमवर्कमा ८ क्षेत्रको ८० इनिसियटिभबाट नेपाललाई डिजिटलमय बनाउने गरी काम गरिरहेको छ। राष्ट्र बैंकले डिजिटल फ्रेमवक मार्फत विभिन्न १९ सेक्टरको परिकल्पना गरी काम गरिरहेको छ।


