
बैंकिङ खबर/सरकारले रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने भएको छ। शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीमा गएका युवाहरूलाई लगानीका प्रेरित गरी रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगाइने बताए।
उनले भने, ‘वैदेशिक रोजगारीमा जाने युवालाई सरकारी तथा निजी क्षेत्रमा लगानीका लागि प्रेरित गरिने छ।’


