May 17th, 2023

जीवन बीमा कम्पनीहरुको खुद नाफा डेढ अर्ब, हेर्नुहोस् कुनको कति ?

बैंकिङ खबर/चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुको खुद नाफा डेढ अर्बले बढेको छ । यो कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको हो ।

चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासिक समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको खुद नाफा १ अर्ब ६३ करोड ८७ लाख रुपैयाँले बढेर ३ अर्ब ७३ करोड ६३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा ७८.१२ प्रतिशतले बढी हो । चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासिकसम्ममा गत बर्षको तुलनामा राष्ट्रिय बीमा संस्थानको नाफा घट्दै गर्दा अन्य बीमा कम्पनीको नाफा भने बढेको छ ।

एलआईसी ८ करोड ३७ लाख रुपैयाँ, सूर्यज्योति ५३ करोड ७६ लाख ८३ हजार रुपैयाँ, नेपाल लाइफ ४४ करोड ६५ लाख ४९ हजार रुपैयाँ, हिमालयन लाइफ ५० करोड ८ लाख रुपैयाँ र सन नेपाल लाइफ ४४ करोड ४५ लाख १९ हजार रुपैयाँ नाफा कमाएकाे छ ।

राष्ट्रिय बीमा संस्थान १ करोड ३० लाख, रिलायवल नेपाल २८ करोड ५७ लाख रुपैयाँ एशियन लाइफ १९ करोड ४७ लाख रुपैयाँ,  आइएमई लाइफ १८ करोड २४ लाख रुपैयाँ,  सिटिजन लाइफ १५ करोड १ लाख रुपैयाँ र  प्रभु लाइफ १३ करोड २३ लाख ९१ हजार रुपैयाँ नाफा कमाएकाे छ ।

 

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]