Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मौद्रिक नीतिले नै सबैथोक सम्बोधन गर्छ भन्नु गलतः दीपेन्द्रबहादुर क्षेत्री

२०८० जेष्ठ १ गते

बैंकिङ खबर/पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वित्त नीतिले केही गर्न सक्दैन र मौद्रिक नीतिले नै सबैथोक सम्बोधन गर्छ भन्नु गलत भएको बताए। सोमबार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रममा बोल्दै उनले सरकारले वित्त नीतिमा व्यवस्था गर्नुपर्ने मौद्रिक नीतिमा समावेश गर्न दबाब दिनु राष्ट्र बैंकमाथि भार बोकाउनु रहेको जिकिर गरे।

उनले सरकारले साना तथा घरेलु उद्योगलाई प्रोत्साहन दिने अभियान चाल्दा गाउँघरमा रोजगारी सिर्जना हुने र उत्पादित वस्तुपनि बजारमा ल्याएर बेच्ने वातावरण बन्दा अर्थतन्त्र चलायमान हुने बताए।