Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘बैंकहरुको खराब कर्जा ४ प्रतिशत पुग्ने देखिन्छ’

२०८० बैशाख २४ गते

बैंकिङ खबर/ नेपाली कांग्रेसका सांसद विनोद चौधरीले तथ्याङ्क विभागको आर्थिक वृद्धिदरको प्रक्षेपणले मुलुक आर्थिक मन्दिमा फसेको निश्चित भएको बताएका छन्।

आइतबार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन-२३ मा बोल्दै सांसद चौधरीले एडिबी र विश्व बै‌ंकले गरेको चार प्रतिशत आर्थिक वृद्धीको प्रक्षेपण नै चार गुणाले घटेकाले मुलुक आर्थिक मन्दीमा फसेको निश्चित भएको चौधरीको भनाइ छ।

चौधरीले दुई त्रैमासिकमा आर्थिक वृद्धिद्धर ऋणात्मक हुनु भनेको मुलुक आर्थिक मन्दिमा जानु हो भनेर बुझ्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको बताए।

अर्थतन्त्रमा हालको जस्ताे विकराल परिदृश्य यसअघि कहिल्यै नदेखिएको पनि चौधरीको दाबी छ। उनका अनुसार अर्थतन्त्रमा गम्भीर संकट देखापर्नुको मुख्य कारण कम राजस्व संकलन र अनियन्त्रित चालु खर्च हो।

सरकारले यो आर्थिक वर्षमा चौध खर्ब राजस्व स‌ंकलन गर्ने लक्ष्य राखेको थियो। ‘तर, वैशाखसम्म ५१ प्रतिशत मात्रै राजस्व संकलन भएको तथ्या‌ंक हेर्दा यो वर्षको आर्थिक वृद्धिदर ऋणात्मक नभए पनि राजश्व संकलन ऋणात्मक हुने देखियो,’ उनले भने।

चौधरीले निजी क्षेत्र हतोत्साही रहेको, ३५ प्रतिशत उद्योगहरु बिस्थापित भएको र मुख्य व्यापारिक केन्द्रका सटरहरु खुल्न छाडेको बताए।

उनले विगत ५५ वर्षको इतिहासमा आर्थिक वृद्धिदर ऋणात्मक भएको अवस्थामा समेत गत आर्थिक वर्षको तुलनामा राजश्व ऋणात्मक नभएको बताए। चौधरीले बैंकहरुको खराब कर्जा गत वर्षको तुलनामा दोब्बर वृद्धि हुँदै २.६३ प्रतिशत पुगेको भन्दै ४ प्रतिशत पुग्ने देखिएको बताए।