Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

गुराँस, युनियन र प्राइम लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार वैशाख २६ बाट

२०८० बैशाख २२ गते

बैंकिङ खबर/गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार यही वैशाख २६ गतेबाट हुने भएको छ । तीन कम्पनी आपसमा गाभिएपछि ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको छ। यी कम्पनी १ः१ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन्।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत वैशाख १९ गते, नेपाल बीमा प्राधिकरणले वैशाख १३ गते कम्पनी रजिस्ट्रार कार्यालयले वैशाख २० गते  यी कम्पनीलाई मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेका थिए।

यसैबीच एकीकृत कारोबार प्रयोजनार्थ यी तीनै कमपनीबाट प्रदान गर्ने सबै सेवाहरु वैशाख २३ गतेदेखि वैशाख २५ गतेसम्म अवरुद्ध हुने भएको छ।

एकीकृत कारोबार सुरु गर्नका लागि डाटा माइग्रेसनको काम गर्नुपर्ने भएकोले सेवा बन्द रहने कम्पनीहरुले जनाएका छन्।