April 28th, 2023

उन्नति सहकार्य लघुवित्तद्वारा मृतक सदस्यको परिवारलाई बीमा रकम प्रदान

बैंकिङ खबर/रुपन्देहीस्थित उन्नति सहकार्य लघूवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भलूहीले मृतक परिवारका सदस्यलाई बिमा रकम प्रदान गरेको छ ।

यस संस्थाले स्थानीय महिलाहरुको समुह बनाई उक्त समुहमार्फत विना धितो कर्जा प्रवाह गर्दै आएको छ । त्यसै अन्तर्गत तिलोत्तमा ११ स्थित उन्नति भूपु सैनिक महिला समुह ख को सदस्य सुन्तलीदेवी खत्री क्षेत्रीको अल्पायूमै कालगतिले निधन भएपछि सदस्यले पाउने बीमा रकम वित्तीय साक्षरता कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।

मृतककोे श्रीमान् भिम बहादूर खत्री क्षेत्रीलाई बीमा बापतको रकम रु ३ लाख २५ हजार रुपैयाँ मात्र शाखा कार्यालय भलूहीको शाखा प्रमुख शारदा थापा र अनुगमन अधिकृत शिवराज काफ्लेले प्रदान गरे ।

संस्थाका अनूसार समुहका सदस्यले कर्जा लिए बापत बैंकको बीमा नियम अनूसार सदस्यको कालगतिमा मृत्यु भएमा १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यु भए २ सय ३० प्रतिशत क्षतिपुर्ति बापतको रकम दिने व्यवस्था गरिएको शाखाका कर्मचारी क्षितिज ढकालले जानकारी दिए।