April 27th, 2023

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ । बोर्डले कम्पनीहरुलाई गाभ्ने/गाभिने सम्बन्धी अन्तिम स्वीकृति दिएको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशका, २०७९ को दफा ८ को उपदफा(४) बमोजिम गाभ्ने/गाभिने अन्तिम स्वीकृति दिएको बोर्डले जनाएको छ ।

कम्पनीहरुले गाभ्न/गाभिन वा प्राप्ति गर्न अन्तिम स्वीकृतिका लागि संयुक्त रुपमा वैशाख ३ गते आवेदन दिएका थिए । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स १००ः१०० सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो)मा मर्जरमा जाने भएका हुन् । यी दुई कम्पनीबीच चैत ६ गते मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’ कायम हुनेछ । मर्जरपश्चात बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ । जुन नियामकले तोकेको न्यूनतम पुँजी भन्दा धेरै हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]