Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लक्ष्मी लघुवित्तको सीइओमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त

२०८० बैशाख १३ गते

बैंकिङ खबर/ लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीका हाल कार्यरत सीइओ प्रकाश राज शर्माको कार्यकाल वैशाख १७ गते समाप्त हुने भएपछि वैशाख १२ गते बसेको संचालक समितिले संस्थाका नायब महाप्रबन्धक श्रेष्ठलाई सीइओ नियुक्ति गर्ने निर्णय गरेको हो ।

उनलाई वैशाख १८ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीइओमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।