Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

घट्न थाल्यो नगद कारोबार

२०८० बैशाख १३ गते

बैंकिङ खबर/चैतदेखि नगद कारोबार पुनः घट्न थालेको छ। नेपाल राष्ट्र बैंकले चैतसम्मको तथ्यांक सार्वजनिक गर्दै फागुनको तुलनामा नगद कारोबार ३ अर्ब ६० करोड रुपैयाँले घटेको छ। पुसमा ६ खर्ब १ करोड १६ लाख रुपैयाँमा झरेको चलनचल्तीको नोट माघमा ५ अर्ब ६० करोड ९६ लाख रुपैयाँले बढेको थियो।

फागुनमा थप ९ अर्ब ७७ करोड १४ लाख रुपैयाँले बढेको थियो। दसैंताका अर्थात असोजमा यस्तो नोट ६ खर्ब ४९ अर्ब ४२ करोड २७ लाख रुपैयाँ चलनचल्तीमा थियो। त्यसपछि क्रमशः घटेर ६ खर्ब एक करोडमा आएको थियो, यो भनेको पुस महिनामा हो। माघ लागेपछि पुनः चलनचल्तीको नोट बढेको थियो। चैतमा चलनतल्तिमा रहेको नोट ६ खर्ब ११ अर्ब ७८ करोड ८० लाखमा सीमित भएको छ।