Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

घरजग्गा व्यवसायमा बैंकहरुको लगानी २ खर्ब ३ अर्ब

२०८० बैशाख १३ गते

बैंकिङ खबर/ चालू आर्थिक वर्षको ८ महिनामा बैंकहरुले साढे ११.४९ प्रतिशत बढाएर घरजग्गा व्यवसायमा २ खर्ब ३ अर्ब २५ कराड रुपैयाँ कर्जा प्रवाह गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको फागुनमा बैंकहरुले १ खर्ब ८२ अर्ब ३० करोड रुपैयाँ घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गरेका थिए ।

चालू आर्थिक वर्षको ८ महिनामा १३ वटा वाणिज्य बैंकले घरजग्गा व्यवसायमा कर्जा वृद्धि गरेका छन् भने ७ वटा बैंकले भने घटाएका छन् । जसमध्ये सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जा प्रदान गरेको छ । यस बैंकको गत वर्षको तुलनामा ३६.८६ प्रतिशत बढेर २३ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रदान गरेको छ ।

यस्तै, एनआईसी एशिया बैंकको ४९.६९ प्रतिशत बढेर २२ अर्ब ७३ करोड रुपैयाँ, नबिल बैंकको २२.१७ प्रतिशत बढेर २० अर्ब ४३ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ९.६९ प्रतिशत बढेर १७ अर्ब १४ करोड रुपैयाँ र हिमालयन बैंकको ६.६४ प्रतिशत बढेर १५ अर्ब २७ करोड रुपैयाँ घरजग्गामा कर्जा प्रवाह गरेका हुन् ।

यस्तै, प्राइम बैंकको १.२९ प्रतिशत बढेर १३ अर्ब ८६ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३४.८८ प्रतिशत बढेर १३ अर्ब ७३ करोड रुपैयाँ, प्रभु बैंकको ८० प्रतिशत बढेर ११ अर्ब २३ करोड रुपैयाँ, नेपाल बैंकको २४.६७ प्रतिशत बढेर १० अर्ब १५ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७.६६ प्रतिशत बढेर ७ अर्ब ६६ करोड रुपैयाँ, एभरेष्ट बैंकको ६१.४३ प्रतिशत बढेर ६ अर्ब ६८ करोड रुपैयाँ, लक्ष्मी बैंकको १८.१४ प्रतिशत बढेर ५ अर्ब ५१ करोड रुपैयाँ र कृषि विकास बैंकको ०.४७ प्रतिशत घटेर १ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रदान गरेका छन् ।

यस्तै, सानिमा बैंकको १०.२६ प्रतिशत घटेर ६ अर्ब १३ करोड रुपैयाँ, सिद्धार्थ बैंकको १४ प्रतिशत घटेर ६ अर्ब १ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ६.५८ प्रतिशत घटेर ५ अर्ब ३२ करोड रुपैयाँ, सनराइज बैंकको ५ प्रतिशत घटेर ४ अर्ब ५० करोड रुपैयाँ, सिटिजन्स बैंकको ९.१४ प्रतिशत घटेर ४ अर्ब ४४ करोड रुपैयाँ, एनएमबि बैंकको ३९.२६ प्रतिशत घटेर ३ अर्ब ११ करोड रुपैयाँ, कुमारी बैंकको २३.१२ प्रतिशत घटेर २ अर्ब १० करोड रुपैयाँ र माछापुच्छ्रे बैंकको ६६.७६ प्रतिशत घटेर २ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रदान गरेका छन् ।