Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरेको विशेष साधारण सभाः मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित

२०८० बैशाख ११ गते

बैंकिङ खबर/मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा आइतबार काभ्रेपलान्चोकको धुलिखेलस्थित होटल सारथीमा सम्पन्न भएकोे छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव पुष्कर राज जोशीले संचालन गर्नुभएको एवं संचालक समिति सदस्य सन्तोष फुयलले स्वागत मन्तव्यबाट स्वागत गरिएको सभाले मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. र नेरुडे लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी विशेष प्रस्तावहरुलाई पारित गरेको छ ।

एक आपसमा गाभिए पश्चात बन्ने एकिकृत संस्थाको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड हुने, तथा संस्थाको रजिष्टर्ड कार्यालय काभे्रपलाञ्चोक जिल्ला वनेपा नगरपालिका वडा नं. १३ मा रहने, कर्पोरेट कार्यालय काठमाडौ र ललितपुर महानगरपालिका वाहेक काठमाडौं उपत्यकाभित्र रहने गरी प्रस्ताव पारित गरेको छ ।

दुबै संस्थाको शेयर स्वाप अनुपात १ : १ कायम गर्ने, एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम संझौतापत्र, सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बन्धि संझौताहरुको अनुमोदन गर्ने, चल/अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तयार गर्नका लागि नियुक्त लेखापरीक्षक/मुल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, एक आपसमागाभ्ने/गाभिने प्रयोजनको लागि बाँकी काम कार्य प्रक्रिया अगाडि बढाउन संचालक समितीलाई अख्तियारी प्रदान गरेको छ ।