
बैंकिङ खबर/ महालक्ष्मी र प्रभु लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार असारमसान्तभित्र हुने भएको छ। नेपाल बीमा प्राधिकरणबाट यी दुई कम्पनीको एक्चुअरी भ्यालुएसन स्वीकृत भएर नआएकोले एकीकृत कारोबारको लागि ढिलाई भएको हो।
महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईका अनुसार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार असारमसान्तभित्र सुरु हुने भएको छ।
यी दुई कम्पनीले आन्तरिक तयारी पूरा गरेर बसेको छ।अबको केही दिनमा प्राधिकरणबाट भ्यालुएसनको रिपोर्ट स्वीकृति भएर आउने र त्यसपछि थप प्रक्रिया अगाडि बन्ने प्रमुख कार्यकारी अधिकृत भट्टराईले बताए।
दुई कम्पनी स्वाप रेसियो १:१ को अनुपातमा मर्जर गएका हुन्।अब बन्ने एकीकृत कम्पनी प्रभु महालक्ष्मीको सञ्चालक समिति अध्यक्ष सुवास अमात्य र प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई हुनेगरी सम्झौता भएको छ।



