Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

चुक्ता पुँजी नपुर्‍याउने बिमा कम्पनीहरुले थप तीन महिना समय पाउने

२०८० बैशाख ६ गते

बैंकिङ खबर/ नेपाल बिमा प्राधिकरणको निर्देशन अनुसार न्यूनतम चुक्ता पुँजी नपु¥याउने बिमा कम्पनीहरुले थप तीन महिना समय पाउने भएका छन् । तोकिएको समयमा धेरै कम्पनीको पुँजी नपुगेकाले तिनैलाई लक्षित गरी प्राधिकरणले आउँदो असारसम्म म्याद थप गर्ने निर्णय गरेको हो ।

यसअघि प्राधिकरणले कम्पनीहरुलाई ०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गरिसक्न निर्देशन दिएको थियो । जसअनुसार तोकिएको समय सीमाभित्र ४ वटा कम्पनीले मात्रै न्यूनतम चुक्ता पुँजी पुर्‍याएको प्राधिकरणले जनाएको छ । तोकिएको समय भित्र जीवन बिमा कम्पनीतर्फ नेपाल लाइफ इन्स्योरेन्स र निर्जीवन तर्फ शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पुँजी पु¥याएका छन् ।

थप गरिएको समयभित्र पनि पुँजी नपुर्‍याउने कम्पनीहरुलाई मर्जरका लागि प्रोत्साहन गर्ने र त्यसो गर्दा पनि तोकिएको न्यूनतम पुँजी नपुगे हकप्रद सेयरमार्फत बढाउन सक्ने सुविधा दिइने प्राधिकरणको योजना छ ।