Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

धमाधम मर्जरमा लघुवित्त, २० वटा मर्जर प्रक्रियामा

२०८० बैशाख ६ गते

बैंकिङ खबर/  लघुवित्तहरु धमाधम मर्जरमा जान थालेका छन् । केन्द्रीय बैंकको गत फागुन १० गतेको सर्कुलरमा लाभांशमा थप कडाई गर्नुका साथै एक ग्राहकलाई अधिकतम ८ लाख रुपैयाँसम्म मात्रै कर्जा दिन पाउने र एउटा लघुवित्तबाट कर्जा लिएको ऋणीले अर्को लघुवित्तबाट कर्जा लिन पाउने प्रावधान थपिएपछि थप मर्जर प्रक्रियामा जान थालेका हुन् ।

अहिले २० वटा लघुवित्तले मर्जर तथा एक्विजिसनको लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त, मानुषी लघुवित्त र सिर्जनसिल लघुवित्त, स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त, नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्त र बीपीडब्ल्यू लघुवित्त मर्जरको लागि सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ।

नयाँ सारथी लघुवित्त र विजय लघुवित्त, धवलागिरी लघुवित्त र खप्तड लघुवित्त, नेसनल माइक्रोफाइनान्स लघुवित्त र समिट लघुवित्त, डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त तथा साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तबीच मर्जरको लागि सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ। झन्डै १ सयको हाराहारीमा रहेको संस्थाहरु अहिले ५७ वटामा झरिसकेको छ भने अझै मर्जर भएर लघुवित्तको संख्या घट्ने क्रम जारी छ ।