Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आन्दोलन गरेर ऋण मिनाह हुन्छ भन्ने नसोच्नुस्ः भगवती चौधरी(भिडियोसहित)

२०८० बैशाख ५ गते

बैंकिङ खबर/ प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री भगवती चौधरीले बैंकवित्त तथा लघुवित्तमा देखिएका समस्या समाधानका लागि राज्यपक्षबाट गर्न सकिने पहलहरू गर्न आफू तयार रहेको बताएकी छन् । मिडिया इन्टरनेशनले आयोजना गरेको ‘संकटमा अर्थतन्त्रः बहसमा निकास’ विषयक अन्तरक्रियामा बोल्दै उनले भनिन्, ‘ठूला राजनीतिक दलका नेताहरूलाई समेत वित्तीय साक्षरता पुगेको छैन जस्तो लाग्छ । त्यसले निम्त्याउने समस्या बैंक तथा वित्तीय क्षेत्रमै हो ।’

संस्थाहरू बच्नुपर्ने र गरिब विपन्नको अवस्थामा हिजोको भन्दा धेरै सुधार आएको उनले बताइन् । ‘लघुवित्तले पहिले मिटर ब्याजीलाई समेत नियन्त्रण गरेको थियो तर अहिले मिटर ब्याजीलाई समेत समस्या ल्यायो । अहिले क्लोजनेश छैन । सानो समय, सानो ऋण सानो किस्ता भन्ने अवधारणाले लघुवित्तको विकास भएको हो,’ उनले भनिन् ‘तर अहिले ऋणीको अवस्था नहेर्दा र संस्थाको व्यवसायमा राष्ट्र बैंक उदार हुँदा अलि समस्या ल्यायो ।’

ग्रास रूटमा काम गर्ने संस्थाहरूलाई ऋण तिर्न नसक्नेको डेटा ल्याउनुस् र सोही अनुसार सीएसआर अन्तर्गत केही गर्न सकिन्छ भन्ने विषय उठाउन सकिने उनको भनाइ छ । यसको लागि छुट्टै नियमनकारी निकाय पनि आवश्यक रहेको उनले बताइन् । उच्च ब्याजदरले अनुत्पादक क्षेत्रमा जाने लगानी रोके पनि उद्योगी र उद्यम गर्नेहरूका लागि सहज नभएको उनको भनाइ छ । आन्दोलनमा सहभागी भएर ऋण मिनाहा हुन्छ भन्ने सोचाइमा नरहन उनले आग्रह गरिन् ।