Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्तहरु बाँच्नकै लागि ठूलो कर्जा प्रवाह गर्नेतिर लागेः पृथबहादुर थापा(भिडियोसहित)

२०८० बैशाख ४ गते

बैंकिङ खबर/ आरएमडीसी लघुवित्तका सीईओ पृथबहादुर थापाले अर्थतन्त्रको एक ठाउँमा समस्या हुने वित्तिक्कै अर्काेतिर पनि त्यसको असर देखिने बताए ।

मिडिया इन्टरनेशनले आयोजना गरेको ‘संकटमा अर्थतन्त्रः बहसमा निकास’ शृंखला अन्तर्गत अन्तरक्रियामा बोल्दै उनले भने, ‘अर्थतन्त्रको एक ठाउँमा समस्या हुने वित्तीकै अर्कोतिर जान्छ । हाम्रो प्रणालीको ईकोसिष्टमको लघुवित्त क्षेत्रमा मात्र समस्या आउने हो भने त्यो वाणिज्य बैंकसम्म पुग्छ ।’

राष्ट्र बैंकको क्याप लगाउने वित्तिक्कै लघुवित्त वित्तीय संस्था बाँच्नकै लागि ठूलो कर्जा प्रवाह गर्नेतिर लागेको र जसको कारण स्रोत ठूला व्यक्तिकै हातमा गएको उनले बताए ।