Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लुम्बिनी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त

२०८० बैशाख ४ गते

बैंकिङ खबर/लुम्बिनी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त भएका छन् । वैशाख ३ गते बाट लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा आचार्यलाई कम्पनीले नियुक्त गरेको हो।

बैंकका अनुसार नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एम. वि. ए. सम्मको उच्च शिक्षा हासिल गरि विभिन्न समयमा विभिन्न वाणिज्य बैंकहरुका विभिन्न विभागहरुमा उच्च व्यवस्थापनमा संलग्न रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै २२ बर्षभन्दा बढिको कार्य अनुभव हासिल गरेका छन् ।

उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा उच्च व्यस्थापनमा रहि कार्य गर्नुका साथै साविकको सिभिल बैंक लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा प्रमुख कर्जा अधिकृत रहि भूमिका निर्वाह गरेका छन्।