Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्तविरुद्धका आन्दोलनकारी र प्रहरीबीच झडप

२०८० बैशाख ३ गते

बैंकिङ खबर/लघुवित्तविरुद्धका आन्दोलनकारी र प्रहरीबीच सुनसरीको इनरुवामा झडप भएको छ। आइतबार सुनसरीको इनरुवामा लघुवित्त संस्थाको विरोधमा सङ्घर्षमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो। आन्दोलनकारीहरूले तीन घण्टा बढी समय सडक अवरोध जारी राखेपछि प्रहरीले सडक खुला गर्ने क्रममा झडप भएको हो।

प्रहरीले यातायात सञ्चालनमा अवरोध नगरी आन्दोलन गर्न सम्झाए पनि आन्दोलनकारीले नमान्दा प्रहरीले उनीहरूलाई लट्ठी चार्ज गरेर लखेटेर सडक खुलाएको थियो। सडक खुला गर्ने क्रममा आन्दोलनकारी पक्षले सुरक्षाकर्मीमाथि ढुङ्गा मुढा थालेपछि प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फका केही घाइते भएका छन्। आन्दोलनका कारण पूर्व—पश्चिम राजमार्ग अन्तर्गत इनरुवाबस चोक खण्डमा दिनभर सवारी सञ्चालन हुन सकेको छैन। आन्दोलनकारी बिहानैबाट सडकमै सुतेका थिए।