
बैंकिङ खबर/एनएमबि बैंक लिमिटेड कर्णाली प्रदेशले सुर्खेतको काँक्रेबिहार वरिपरि सरसफाइ गरेको छ । शनिबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका ९ लाटिकोहिलिमा विश्व सम्पदा दिवसको अवसरमा बैंकले प्रभातफेरिका साथै काक्रेबिहार वरिपरि सरसफाइ गरेको हो ।

एनएमबि बैंक कर्णाली प्रदेशको अगुवाइमा सम्पूर्ण कर्मचारीहरूको सहभागितामा प्रभातफेरि कार्यक्रमका साथै काक्रेबिहार वरिपरि सरसफाइ गरेको छ । हरेक वर्ष विश्व सम्पदा दिवसको अवसरमा सम्पदाको संरक्षणको लागि बैंकले प्रभातफेरिका साथै सम्पदाहरूको सरसफाइ गर्ने काम गरेको एनएमबी बैंक लिमिटेड कर्णाली प्रदेशका एरिया प्रमुख मित्रराज प्याकुरेलले बताए । साथै उनले दिवसको अवसरमा राजधानीसहित देशभरी सबै ठाउँमा सञ्चालन भइरहेको समेत जानकारी दिए ।

उनले प्रत्येक वर्ष सम्पदा संरक्षण अभियान सञ्चालन भइरहेको र आगामी वर्ष पनि जारी रहने बताए । यस्तै बैंकले काक्रेबिहारमा डस्बिन, झाडु, डसप्यान पनि हस्तान्तरण गरेको छ । सुर्खेतमा रहेको एनएमबी बैंकको कार्यालयबाट र्याली शुरु गरी मंगलगडि चोक हुँदै काक्रेबिहारमा गई सरसफाइमा तल्लिन भएको थियो ।
विश्व सम्पदाको संरक्षण तथा सम्बद्र्धनका लागि नयाँ पुस्तालाई जागरूक बनाउन हरेक वर्ष अप्रिल १५ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाबीच सहकार्य गरी विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउने गरिँदै आइएको छ । उक्त कार्यक्रममा ए.एम.बी बैंक कर्णाली प्रदेशको सम्पूर्ण कर्मचारी थियो ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरी सकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २ सय १ शाखाहरु, १ सय ३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बैंकका बिजनेश डेभलपमेन्ट म्यानेजर खगेन्द्र पाण्डेले जानकारी दिए ।






