बैंकिङ खबर/ लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले माईक्रोफाइनान्स नियमनका लागि छुट्टै नियमन चाहिने बताएका छन् । मिडिया इन्टरनेशनले आयोजना गरेको ‘संकटमा अर्थतन्त्रः बहसमा निकास’ शृंखला अन्तर्गत आयोजित अन्तरक्रियामा उनले भने, ‘बैंकिङ नियमन चाहिने हो कि छुट्टै निकाय चाहिन्छ । यसमा पनि छलफल भएर छुट्टै निकाय चाहिन्छ ।’
राष्ट्र बैंकले लघुवित्तले लाइसेन्स दिइसकेपछि स्पेसलाइज गर्न पाउनु पर्ने उनले बताए । कर्जा उत्पादनका लागि हो कि अन्य प्रयोजनका लागि हो भन्ने महत्त्वपूर्ण रहेको उनले बताए । ‘लघुवित्त वित्तीय संस्था बैंकिङ हुन् कि गैरबैंकिङ संस्था हुन भन्नेमै अलमल छ’ उनले भने, ‘२०६४ को लघुवित्त नीति छ, अब नेपालमा बाफिया नभएर लघुवित्त ऐन चाहिन्छ ।’
अब लघुवित्त नियमन गर्ने माईक्रोफाइनान्स नियमन गर्ने अथ्युरिटी चाहिने र राष्ट्र बैंकले मात्र गर्याे भने स्थायित्वमा मात्र बढी जोड हुने गरेको उनले बताए । ‘लघुवित्त संकटमा छन् यसलाई जोगाउने हो भने जसले कर्जा तिर्न सकिरहेका छैनन् तिनलाई हेरौं । त्यसको लागि खुकुलो नीति लिउँ । कर्जा अनुशासनलाई महत्त्वपूर्ण रूपमा लिनु पर्छ । यो समस्या लघुवित्तको समस्या होइन । यो देशको समस्या हो,’ उनले भने ।
भिडियो हेर्नुहोस्