Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विकास बैंकहरुले पनि घट्यो ब्याजदर

२०७९ चैत्र २९ गते

बैंकिङ खबर/विकास बैंकहरुले पनि निक्षेपको ब्याजदर घटाएका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसनको केहीबेरअघि सकिएको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो ।

डिबानका उपाध्यक्ष तथा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाकाअनुसार निक्षेपको ब्याजदर १ प्रतिशत विन्दूले घटाउने निर्णय भएको छ । विकास बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर साबिकको ११.६ प्रतिशतबाट घटाएर १०.६ प्रतिशत झार्ने निर्णय गरेका छन् ।

यस्तै, संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ८.६० प्रतिशत बनाइएको छ । बचतको ब्याजदर पनि साबिकमा ०.६० प्रतिशत विन्दूले घटाउने निर्णय भएको देवकोटाले जानकारी दिए । घटेको ब्याजदर बैशाख १ गतेदेखि लागू हुनेछ ।

Ad