Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

थप दुई लघुबीमालाई लाइसेन्स

२०७९ चैत्र २९ गते

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणबाट थप दुई लघुबीमा कम्पनीले लाइसेन्स पाएका छन् । प्राधिकरणको सञ्चालक समितिको बैठकले थप दुई लघुबीमा कम्पीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो ।

प्राधिकरणले प्रोटेक्टिभ माइक्रो र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिन निर्णय गरेको हो । प्राधिकरणको आइतबार बसको सञ्चालक समितिको बैठकले ७ मध्ये पुँजी जुटाएका गार्डीयन माइक्रो र नेपाल माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको थियो ।

हालसम्म ४ वटा लघुबीमाले लाइसेन्स पाएका छन् । यस्तै, प्राधिकरणकाअनुसार स्टार माईक्रो इन्स्योरेन्स, ट्रष्ट माईक्रो इन्स्योरेन्स र लिवर्टी माईक्रो इन्स्योरेन्सले प्राधिकरणले पहिलो पटक तोकेको समयमा पुँजी जुटाउन सकेका छैनन् ।

यी कम्पनीहरुलाई प्राधिकरणले पुँजी जुटाउन ४५ दिनको समय थप गरिदिएको छ । प्राधिकरणले मंसिर ११ गते सात वटा कम्पनीलाई लघुबीमाको व्यवसाय गर्ने अनुमति दिएको थियो ।