April 11th, 2023

लघुवित्तहरुमा बृहत सुधार आवश्यकः गभर्नर

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त कम्पनीहरुमा बृहत सुधार आवश्यक भएको बताएका छन्। मंगलबार केन्द्रीय बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा लघुवित्त कम्पनीहरुमा बृहत सुधारको आवश्यक रहेको उनले बताएका हुन्।

‘केन्द्रीय बैंकले लघुवित्तको लाभांशलाई नियन्त्रण गर्ने नीति लिएको हो । त्यसले गर्दा लघुवित्तलाई स्ट्रेस परेको छ। अहिले भएभरको नाफा लैजाने भोलि संस्था कोल्याप्स भयो भने के गर्ने ?’ उनले भने ‘ती संस्थाहरुको दिगोपनामा अध्ययन गरेर नयाँ मोडालिटि ल्याउने समयसम्म लघुवित्त टिक्नुपर्छ ।’

लघुवित्तका ग्राहकहरुमा अराजक गतिविधिहरु पनि पाइएको बताउँदै उनले ऋण लिएर तिर्दिन भन्ने जति अराजक गतिविधि केहि नहुने र यसले प्रणालीमा नै असर गर्ने बताए। लघुवित्तलाई उच्चस्तरीय समिति नै बनाएर अध्ययन गरीरहेको पनि उनले बताए। समितिले कसरी सुधार गर्ने भन्ने डिरेक्सन दिने पनि उनले बताए।