Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

चालू खाता घाटामा सुधार, बढ्यो विदेशी मुद्रा सञ्चिति

२०७९ चैत्र २८ गते

बैंकिङ खबर/ सरकारको चालू खाता घाटामा सुधार भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्म चालू खाता ४४ अर्ब ३१ करोडले घाटामा छ।

अघिल्लो वर्षको ८ महिनामा ४ सय ६० अर्बले ऋणात्मक रहेको चालू खाता घाटामा उल्लेख्य सुधार भएको हो। त्यस्तै विदेशी विनिमय सञ्चिति पनि सुविधाजनक अवस्थामा देखिएको छ। गत असार मसान्तमा १२ सय १५ अर्बको सञ्चिति रहेकोमा अहिले १४०१ अर्ब सञ्चिति रहेको छ। जसले ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने गभर्नर महाप्रसाद अधिकारीले बताए।

उनले मुद्रास्फीति घट्ने क्रममा रहेको बताउँदै अघिल्लो वर्षको तुलनामा थोक मूल्य सूचकांकमा उल्लेख्य कमी आएको उल्लेख गरे। अघिल्लो वर्ष यो १३.१३ प्रतिशत थियो। चालू आवको फागुनमा ७.७ प्रतिशत मात्रै रहेको उनले बताए।

वैदेशिक व्यापारमा समग्र घाटाको वृद्धिदर ऋणात्मक रहेको उनले बताए। सेवा व्यापारको घाटामा सुधार भएको छ। रेमिट्यान्स उल्लेख्य बढेको छ। पछिल्ला चार महिनामा निरन्तर रुपमा १ खर्ब बढी रेमिट्यान्स भित्रिएको उनको भनाइ छ। औसत रेमिट्यान्स ९९ अर्ब प्रतिमहिना रहेको छ।