Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

रेमिट्यान्स २५.३ प्रतिशतले बढ्यो, शोधनान्तर स्थिति १४८ अर्बले बचतमा

२०७९ चैत्र २८ गते

बैंकिङ खबर/ वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने पैसा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुनसम्मको अर्थतन्त्रको अवस्थाबारेको तथ्यांकले रेमिट्यान्स २५.३ प्रतिशतले बढेको देखाएको हो।

यसअघि माघमा २४.३ प्रतिशतले र पुसमा २३ प्रतिशतले रेमिट्यान्स बढेको थियो। माघमा ५ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो। त्यसैगरी शोधनान्तर स्थिति १४८ अर्बले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। यस अवधिमा व्यापारघाटामा पनि सुधार भएको छ।