Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनउत्थानको १२ औं वार्षिक साधारण सभा सम्पन्न

२०७९ चैत्र २७ गते

बैंकिङ खबर/जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. को १२ औं वार्षिक साधारण सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ०९, कालिकापथस्थित होटल न्यू ईरामा आइतबार वार्षिक साधारण सम्पन्न भएको हो ।

वार्षिक साधारण सभाको औपचारिक उद्घाटन गर्दै संस्थाका नेपाल सरकारका पूर्व सचिव तथा संस्थापक अध्यक्ष डा. मान बहादुर विकेले साधारण सभा सम्पन्नताको शुभकामना दिँदै हाल बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरुलाई समाधान गर्नका लागि दिर्घकालिन रणनितीहरु निर्माण गरी आगामी दिनहरुमा सामुदायिक बैंकिङ्गको धारणालाई अवलम्बन गर्ने गरि सञ्चालन गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

उक्त वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचिहरु पारित गर्नुका साथै सञ्चालक समितिकोे प्रस्ताव बमोजिम आ.व. २०७८/०७९ को मुनाफाबाट २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु.१४ करोड ७९ लाख ६ हजार को ०.७८९५ प्रतिशतले हुन आउने रकम रु. ११ लाख ६७ हजार ६ सय ७९ रुपैया नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने र १५ प्रतिशतले हुने रकम रु.२ करोड २१ लाख ८५ हजार ९ सय बरावरको बोनस शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गर्ने, संस्थाको अधिकृत पूँजी रु २५ करोड बाट बृद्धि गरी रु ५० करोड पु¥याउने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने, वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ती÷समाहित गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका महत्पूर्ण निर्णयहरु सर्वसम्मतिले पारित भएको छ ।

सभाको समापन गर्दै सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माले वर्तमान अवस्थामा वित्तीय क्षेत्रमा देखा परेको चूनौतीको समाधानका लागि दिर्घकालिन रणनिति तथा योजनाहरु निमार्णमा लागि सदस्यहरुको गुनासोको उचित व्यवस्थापन गर्ने गरि वित्तीय संस्थाले प्रवाह गर्ने गुणस्तरीय सेवामा कुनै पनि प्रकारको कमी महशुस नगराई आफ्ना गतिविधिहरु सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुका साथै सभामा उपस्थित हुने सम्पूर्ण शेयरधनी महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

संस्थाका सञ्चालक समितिका सदस्य रेवन्त बहादुर विश्वकर्माको स्वागत मन्तव्य सहितको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा संस्थापक डा.यम बहादुर वि.के., पूर्व सञ्चालक तथा संस्थापक माधव प्रसाद नेपाल, संस्थापक शंकर प्रसाद पौडेल लगायतले आफ्नो राय सुझाव सहित शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रम सञ्चालन संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत÷कम्पनी सचिव सुर्य प्रसाद उपाध्यायले गर्नु भएको थियो ।