Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्तका समस्या समाधान गर्न गठित समितिले थाल्यो काम

२०७९ चैत्र २६ गते

बैंकिङ खबर/लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरुका विषयमा अध्ययन गर्न गठित समितिले काम थालेको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको निर्णयअनुसार आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा गठित समितिले काम थालेको हो ।

समितिले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा सरोकारवालासँग सुझाव पनि गरेको छ । लघुवित्तबाट ठगी भएकालगायत गुनासा चर्को गरी उठेपछि राष्ट्र बैंक सञ्चालक समितिले अध्ययनका लागि श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो ।