April 9th, 2023

अस्वस्थ प्रतिस्पर्धाले लघुवित्तमा समस्या देखियोः श्रीराम पोखरेल(भिडियोसहित)

बैंकिङ खबर/ फाइनान्सियल विज्ञ श्रीराम पोखरेलले पछिल्लो समय सहकारी, माइक्रोफाइनान्सलाई असहजका साथै चौतर्फी रुपमा आक्रमण भएको बताएका छन् ।

मिडिया इन्टरनेसनलले आयोजना गरेको ‘संकटमा अर्थतन्त्र बहसमाः निकास’ विषयक अन्तरक्रियामा उनले भने, ‘त्यसको प्रत्यक्ष प्रभाव असुलीमा देखिएको छ । लघुवित्तको सुधार गर्नुपर्ने केहि पक्षहरु पनि होला, तर अहिले राजनीति छिरेको अवस्था छ । विभिन्न नाम दिएर असुलीमा अवरोध गरेको अवस्था छ । पछिल्लो अर्थतन्त्रले सोचेजस्तो व्यवसाय हुन नसकेको अवस्था छ ।’

हाल ६४ वटा माइक्रोफाइनान्सहरु रहेको भन्दै उनले ६० लाखको हाराहारीमा सेवाग्राही रहेको बताए । पछिल्लो २०७३ सालदेखि ७६ असार मसान्तसम्म ५४ वटा लघुवित्तले लाइसेन्स पाएको उनले बताए । यसले पनि लघुवित्तबीचमा अस्वास्थ्य प्रतिस्पर्धा रहेको उनले बताए ।

नेपालको राजनीतिले पनि समग्र अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ छ । बैंकवित्तको पछिल्लो परिघटना हेर्दा डिपोजिट राख्न निरुत्साहन हुन पुगेको उनले बताए । ३,४ महिनाको अवस्थालाई हेर्दा नेपालको वित्तीय सेक्टर कता जाने हो भन्न नसक्ने स्थितिमा छ।

हेर्नुहोस् भिडियो