
बैंकिङ खबर/शैक्षिक परामर्श विज्ञ एवम् युवा राजनीतिज्ञ सूर्य कुमार डागीले राजनीतिक कारण पनि उद्योग, व्यवसाय समस्यामा परेको बताए । मिडिया इन्टरनेसनलले सोमबार काठमाडौंमा आयोजना गरेको ‘संकटमा अर्थतन्त्र बहसमाः निकास’ विषयक अन्तरक्रियामा उनले भने, ‘देशमा अस्थिर राजनीतिक छ । जसको असर उद्योगधन्दामा समेत परेको छ ।’
अहिले व्यवसायीहरुको व्यापार घटेको अवस्था र उत्पादन र उपभोग घट्दो रहेको उनले बताए । उनले भने, ‘बजारमा पैसा अभाव छ तर पैसा नै नभएको होइन् । हाम्रो पैसा हामीमै छ ।’ व्यवसायीको मनोबल घट्दो अवस्थामा रहेको भन्दै उनले घरजग्गाको कारोबार शिथिल, मुद्रा स्फिती बढ्दो र बैंकवित्त प्रतिको विश्वास घटेको बताए । उनले कर्जा सूचना केन्द्रको लिस्टमा व्यवसायी पर्ने क्रम बढ्दो रहेको बताए । उनले अहिले व्यापारीहरु बैंक र घरबहालका कारण समस्यामा परेको बताए ।
हेर्नुहोस् भिडियो




