Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चर्को ब्याजले ब्यवसायी आक्रान्त बनेः नविन कुमार श्रेष्ठ(भिडियोसहित)

२०७९ चैत्र २१ गते

बैंकिङ खबर/वरिष्ठ व्यवसायी नविन कुमार श्रेष्ठले बैंकको ब्याजदरका कारण उद्योगी व्यवसायहरु समस्यामा परेको बताएका छन् । मिडिया इन्टरनेसनलले सोमबार काठमाडौंमा आयोजना गरेको ‘संकटमा अर्थतन्त्र बहसमाः निकास’ विषयक अन्तरक्रियामा उनले भने, ‘काठमाडौं न्यूरोड क्षेत्रले राष्ट्रको ट्याक्समा ६६ प्रतिशत योगदान दिएको छ । तर अहिले न्यूरोडमा व्यापार व्यवसाय छैन । चर्को ब्याजले ब्यवसायी आक्रान्त बनेका छन् ।’

उनले बैंकले दिने ब्याजदमा बढी मात्रामा मार्जिन लिएको तर ब्यापारीले २० प्रतिशत बढी नाफा लिएमा कालोबजारमा राख्ने गरेको बताए । कर्मसियल बैंकले ७८.७६ सम्म बैंक बेस रेट राखेको भन्दै उनले १० को १२, १२ को १४ बेस रेट राख्नुपर्ने बताए । धेरैजसो आयतमा कटौती हुँदै गएको भन्दै उनले अहिले व्यापारीहरु बैंक र घरबहालका कारण समस्यामा परेको बताए ।

हेर्नुहोस् भिडियो