बैंकिङ खबर/ राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष एवम् वरिष्ठ व्यवसायी कुमार कार्कीले हरेक क्षेत्रमा राजनीति घुस्दा समस्या हुने गरेको बताए । मिडिया इन्टरनेसनलले सोमबार काठमाडौंमा आयोजना गरेको ‘संकटमा अर्थतन्त्र बहसमाः निकास’ विषयक अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् ।
कुनै पनि देशको बैंक नीतिमा १५ प्रतिशत ब्याज लिने व्यवस्था नभएको भन्दै उनले १५ प्रतिशत ब्याजदरले उद्योग धन्दा फस्टाउन नसक्ने बताए । सरकारले दिने अनुदान कार्यकर्ता पाल्न मात्रै दिएको भन्दै उनले सहुलियत कर्जा वास्तविक कृषकलाई दिन आवश्यक रहेको बताए । सरकारले २, ३ प्रतिशत ब्याजमै कर्जाको व्यवस्था गर्नुपर्ने उनको जोड छ । उनले भने, ‘जो सिंहदरबारको गेटमा फाइल बोकेर जान्छ । उसले करोडौं करोड अनुदान लिएको हुन्छ । यो अन्त्य हुनुपर्छ ।’ उनले नेपाल आफैंले उत्पादन गर्न सक्ने वस्तुहरु समेत बाहिरबाट ल्याउँदा समस्या भएको भन्दै यसलाई रोक्नुपर्ने पनि बताए । देशको मूल नीति राम्रो नहुँदा आज लाखौं युवाहरु विदेशीन बाध्य भएको उनले बताए ।
हेर्नुहोस् भिडियो