
बैंकिङ खबर/ राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोज कुमार श्रेष्ठले बैंकको उच्च ब्याजदरका कारण व्यवसायी आक्रान्त भएको बताएका छन् । मिडिया इन्टरनेशनलले आयोजना गरेको ‘संकटमा अर्थतन्त्र : बहसमा निकास’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘यहाँ उत्पादन नभएका वस्तुहरू बाहिरबाट आयात गर्ने र यहाँबाट उत्पादित वस्तु निर्यात गर्ने माध्यम व्यवसाय हो,’ उनले भने, ‘यसरी गर्दा हाम्रो पूँजीले मात्र धान्दैन । जसको लागि बैंक तथा वित्तीय संस्थाबाट एक चरण पार गरेर पूँजी लिन्छौं । त्यसले हामीलाई आक्रान्त बनाएको छ ।’
बैंक तथा वित्तीय संस्थाले उच्च लागतमा निक्षेप संकलन गर्दा त्यसको असर कर्जामा देखिएको उनले बताए । बजारमा माग नहुँदा महलहरूमा २०देखि २५ प्रतिशत सटर खाली भइसको उनको दाबी छ । ‘व्यापारको मुख्य क्षेत्रमा समेत समस्या देखिएको छ । यस्तै क्षेत्रमा कुनै पनि व्यवसायीले व्यवसाय गर्न चाहे प्रशस्त ठाउँ छ,’ उनले भने, ‘धेरै व्यवसायीहरू विदेशीदै गएका छन् । उत्पादन गरिएका वस्तुहरू लागत भन्दा कम मूल्यमा बेच्नु परिरहेको छ ।
शिथिलतालाई समयमै सम्बोधन गिरएन भने अर्थतन्त्र नै धरासायी हुने अवस्था आउँछ ।’ बैंक तथा वित्तीय संस्था नाफाखोरी हुँदा व्यवसायीहरू समेत समस्या परेकाे बताए ।
हेर्नुहोस् भिडियो




