Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सिभिल लघुवित्तद्वारा Global Money Week–2023 कार्यक्रम सम्पन्न

२०७९ चैत्र १३ गते

बैंकिङ खबर/सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले चैत ६ गते देखि १२ गतेसम्म Global Money Week GMW-2023 को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले अन्तरक्रिया कार्यक्रम संचालन गर्नुको साथै प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी र्याली समेत आयोजना गरेको थियो । संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुल कलेजमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउनGMW-2023 ले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर कार्यक्रम सम्पन्न भएको हो ।