
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग खराब कर्जाका विषयमा छलफल गर्दैछ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज दिउँसो ३ बजे याक एन्ड यती होटेलमा वाणिज्य बैंकका सीईओहरुसँग छलफल गर्ने भएको हो।
खराब कर्जा बढेको, ऋण उठ्न छाडेकोजस्ता विषयमा छलफल हुने बताइएको छ। नियमन विभागले सीईओहरुलाई ‘समसामयिक विषयमा’ भन्दै छलफलका लागि डाकेको छ।


