March 27th, 2023

जनउत्थान सामुदायिक लघुवित्तको युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पर्सा देखि कञ्चनपुर सम्म १९ जिल्लाका ३९ वटा शाखा कार्यालयमार्फत आफ्नो कारोबार गर्दै आएको यस संस्थाले हरेक वर्ष विश्वव्यापी रुपमा मार्च २० देखि २६ सम्म मनाइने ग्लोवल मनि विकको ११ संस्करण अन्तर्गत नवलपुरमा अवस्थित शाखा कार्यलय रजहरमार्फत युवा लक्षित वितिय साक्षरता तालिम सम्पन्न गरेको हो ।

सिक, बचत गर, कमाउ भन्ने मुल नाराका साथ मनाइएको यस सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार देवचुली १६ स्थित देवचुली माध्यमिक विद्यालयमा अध्ययनरत ब्यवस्थापन संकायका कक्षा ११, १२ का विद्यार्थीहरुलाई वित्तीय विषयमा तालिम दिइएको हो ।

कार्यक्रममा यस सस्थाका कर्मचारी पुष्पा गिरी, सजना कुवर विद्यालयका प्रधानाध्यापक तथा अन्य शिक्षक साथै विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु सहित ६८ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण तथा प्रशिक्षण बैंकका रजहर शाखाका कमर्चारी तारापति पौडेलले गर्नुभएको थियो ।

साथै विद्यालयको तर्फबाट अध्यापक राजु के.सी कार्यक्रमको बारे बोल्दै यस्ता खालका कार्यक्रमले विद्यार्थीका लागि अतिरिक्त ज्ञान हुने भन्दै यस्ता खालको कार्यक्रमका लागि यस विद्यालय छनोट गर्नुभएकोमा सस्थालाइ धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै कार्यक्रको अपेक्षा गरेको बताउनुभएको थियो । जनउत्थानले वित्तीय कामको अतिरिक्त सदस्य लक्षित तालिमहरु तथा अन्य सामाजिक कार्यमा पनि काम गर्दै र हातेमालो गर्दै आइरहेको छ ।