March 26th, 2023

सानिमा रिलायन्स लाइफको सीईओमा शिवनाथ पाण्डे नियुक्त

बैंकिङ खबर/सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको मर्जरपछि बनेको सानिमा रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृत पदमा पाण्डे नियुक्त भएका हुन् ।

नेपाल बीमा प्राधिकरणले पाण्डेलाई आइतबार सीइओ बन्न स्वीकृति दिएको हो । दुई कम्पनीले सानिमा रिलायन्स लाइफको नामबाट चैत ९ गतेदेखि एकीकृत कारोबार शुरु गरिसकेका छन् । यसअघि भने उनी साविकको सूर्या लाइफ इन्स्योरेन्सको सीईओ थिए भने उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुखबाट अवकाश पाएका थिए ।

राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट पनि पाण्डे अवकास भएका थिए । त्यस्तै चार्टर्ड एकाउन्टेन्ट पाण्डेसँग राष्ट्र बैंकमा काम गरेको ३० बर्षे अनुभव छ । उनी २० बर्षदेखि व्यवस्थापकीय पदमा कार्यरत थिए । उनी नियमन र सुपरिवेक्षकीय व्यवस्थापनमा दक्ष मानिएका पाण्डे पछिल्लो समय बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक थिए ।