Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

किसान लघुवित्त वित्तीय संस्था सन्तपुरको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०७९ चैत्र १२ गते

बैंकिङ खबर/ किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय सन्तपुर, रौतहटले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शाखा कार्यालय सन्तपुर,रौतहटले आयोजना गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका ५५ वटा केन्द्रहरुका केन्द्र प्रमुख तथा सदस्यहरुले सहभागी जनाएका थिए ।

केन्द्रीय कार्यालयको तर्फबाट बर्दिवास क्षेत्रीय प्रमुख बालकृष्ण कार्कीको उपस्थिति रहेको थियो । कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विभिन्न भिडियो सामाग्री, प्रस्तुतीकरण तथा छलफल गरिएको थियो भने ग्राहक सदस्यहरुले वित्तीय संस्थाको सेवा सुविधाहरुको बारेमा आफ्ना धारणा तथा जिज्ञासाहरु राखेका थिए ।

कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धकले केन्द्रका पदाधिकारीहरुको काम, कर्तब्य तथा जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो र शाखाको हालसम्मको प्रगति विवरणको बारेमा सबैलाई जानकारी गराई कार्यक्रम सम्पन्न भएको थियो ।

हाल शाखाले रु.१६,३३,४७०००। कर्जा लगानी गरेको छ भने रु ६७,५०,०८५। बचत संकलन गरेको छ । शाखामा ५५० जना सदस्यहरु आवद्ध भई कर्जा तथा बचत कारोबार गरिरहेका छन । शाखाले ६ वटा स्थानीय तहमा जम्मा ६४ वटा केन्द्र मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।