Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

६५.५ प्रतिशत जनसंख्या आर्थिक रुपले निष्क्रिय

२०७९ चैत्र १० गते

बैंकिङ खबर/नेपालमा ६५.५ प्रतिशत जनसंख्या आर्थिक रुपले निष्क्रिय रहेका छन्।राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार १ करोड ५६ लाख ८९ हजार ७७७ जना आर्थिक क्रियाकलाप सग्लन रहेका छन्। १० वर्ष वा सोभन्दा बढी उमेरका २ करोड ३९ लाख ५८ हजार ८६८ जना व्यक्तिहरुमध्ये १ करोड ५६ लाख ८९ हजार ७७७ जना आर्थिक क्रियाकलाप सग्लन छन्। जुन कुल जनसंख्याको ६५.५ प्रतिशत हो।

८२ लाख ११ हजार १२ जना आर्थिक क्रियाकलापमा निस्कृय छन्। जुन ३४.३ प्रतिशत हो। ५८ हजार ७९ जना आर्थिक क्रियाकलपमा सक्रिय वा निस्कृय खुलेको छैन्। आर्थिक रुपले सक्रिय जनसंख्याः १० वर्ष वा सोभन्दा बढी उमेरका १ करोड ५६ लाख ८९ हजार ७७७ जना आर्थिक रुपले सक्रिय व्यक्तिहरुमध्ये १,१०,३८,१०५ जना (७०.३५ प्रतिशत) अक्सर आर्थिकरुपले सक्रिय र ४६,५१,६७२ जना (२९.६५ प्रतिशत) अक्सर आर्थिक रुपले निष्क्रिय रहेका छन्।साथै, १० वर्ष वा सोभन्दा बढी उमेरका १,१०,३८,१०५ जना अक्सर आर्थिक रुपले सक्रिय व्यक्तिहरु मध्ये १,०२,७०,४४७ जना (९३.०५ प्रतिशत) अक्सर रोजगार र ७,६७,६५८ जना (६.९५ प्रतिशत) अक्सर बेरोजगार रहेका छन्।