Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

साधना लघुवित्तद्वारा युवा लक्षित ग्लोबल मनि विक तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०७९ चैत्र १० गते

बैंकिङ खबर/ साधना लघुवित्त वित्तीय संस्था लि.केन्द्रीय कार्यालयद्वारा ग्लोबल मनि विक–२०२३ को अवसरमा ‘Plant your Money,Plan Your Future’ भन्ने मुल नाराको साथ युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम गोरखाको गोरखा क्याम्पसमा वित्तिय संस्थाको अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा प्रथम चरणको कार्यक्रम सम्पन्न गरेको छ ।

दोश्रो चरणको कार्यक्रम शक्ति उच्च मा.वि गोरखामा प्रधान अध्यापक बद्री अर्यालको अध्यक्षतामा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा वित्तीय संस्थाका नायब महाप्रवन्धक सिताराम पण्डित, सहायक महाप्रबन्धक सरिता ढकाल र योजना तथा वित्त व्यवस्थापन विभाग प्रमुख रुपेश कुमार झाले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा बैंकिङ क्षेत्र आजको आवश्यकता र समाज परिवर्तनमा यसको महत्वपुर्ण भुमिकाको बारेमा जानकारी गराईएको थियो भने वित्तिय अनुशासन, कर्जाको महत्व तथा कर्जा सदुपयोगिता, बचतको महत्व, बचत गर्ने तरिकाहरु , बीमा, रेमिटान्स र डिजिटल बैंकिङको प्रयोग तथा आवश्यकता बारेमा विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।

यसैगरी कार्यक्रममा हाल बैंक तथा वित्तीय संस्था तथा लघुवित्तविरुद्ध किस्ता नतिर्ने, ब्याज नबुझाउने जस्ता भ्रम फैलाइएको विषयमा समेत चर्चा गरी सहभागीहरुलाई प्रष्ट पार्ने कार्य भएको थियो ।

वित्तीय साक्षरता कार्यक्रममा गोरखा क्याम्पस सहायक कृष्ण प्यारा श्रेष्ठले लघुवित्त कार्यक्रमले ग्रामीण जनसमुदायको जीवनमा पारेको सकारात्मक प्रभाव तथा परिर्बतनको बारेमा चर्चा गर्नु भएको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा बोल्दै शक्ति उच्च मा.वि प्र.अ बद्री अर्यालले ग्रामीण अर्थतन्त्र उकास्नको लागि लघुवित्तले खेलेको भुमिकाको बारेमा प्रसंशा गर्दै बैकिङ क्षेत्र अत्यावश्यक रहेको जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा लगभग २ सय जना युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।