Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा दाबी रकम हस्तान्तरण

२०७९ चैत्र ८ गते

बैंकिङ खबर/ जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बुलिङटार गाँउपालिका वडा नं. ०६, नवलपुर स्थित शाखा कार्यालय बुलिङटारमा आबद्ध (केन्द्र नं. २५) बैकिङ्ग समुदायकी सदस्य स्व. मिन माया राना मगर को मृत्यु पश्चात नीजको श्रीमान चक्र बहादु राना मगर लाई बीमा दाबी रकम हस्तान्तरण गरिएको हो ।

नीज सदस्यको मिति २०७९/१०/०८ गतेका दिन ४९ वर्षको उमेरमा मृत्यु भएको थियो । स्व. मिन माया राना मगर यस संस्थामा मिति २०७६/०२/०९ गतेबाट आबद्ध भै बचत तथा कर्जा कारोबारमा संलग्न रहेको र मिति २०७९/०१/११ गतेका दिन रु. २,००,००० (अक्षरुपी दुई लाख रुपैया मात्र ।) कर्जा उपभोग गरेकोमा नीज सदस्यको मृत्यु पश्चात बीमा दाबीबाट रु २,१०,००० प्राप्त भएकोमा निजको श्रीमानलाई हस्तान्तरण गरिएको छ ।

बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित कार्यक्रममा संस्थाको बुलिङटार शाखाको शाखा प्रमुख सुशिल रायमाझीले मृतकको श्रीमानलाई चेक हस्तान्तरण गर्नुभयो । उक्त कार्यकम्रमा शाखा प्रमुख सुशिल रायमाझी कर्मचारी झविन्द्र सुस्लिङ मगर, भगवती पौडेल लामीछाने र बैकिङ्ग समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो ।