Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

स्टान्डर्ड चार्टर्ड बैंकले यसरी पुर्याउँदैछ आठ अर्ब पुँजी

admin २०७३ कार्तिक ९ गते
सेयर:

स्टान्डर्ड चार्टर्ड बैंक नेपाल एफपिओ जारी गर्ने भएको छ । बैंकले पुँजी वृद्धिको योजना आफ्नो वेभसाइटमा पोष्ट गर्दै तीन अर्ब ३० करोड रुपैयाँको एफपिओ जारी गर्ने जानकारी गराएको हो । बैंकले एफपिओ प्रिमियम मूल्यमा जारी गर्ने जानकारी नेप्सेलाई दिइसकेको छ । १०० रुपैयाँ अंकित दरको सेयरमा कति प्रिमियम मूल्य थप्ने भन्ने बारेमा भने खुलाएको छैन ।

हाल बैंकमा सर्वसाधारणको २५ प्रतिशत सेयर लगानी छ । बाँकी लगानी स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको छ । नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्ने ब्यवस्था गरेपछि चार्टर्डले सेयर संरचना नै परिवर्तन गरेर बैंकमा सर्वसाधारणको हिस्सा बढाउन लागेको हो ।  
 
हाल स्टान्डर्ड चार्टर्डको चुक्तापुँजी दुई अर्ब ८१ करोड रुपैयाँ मात्रै छ । यस पुँजीबाट बैंकले ३३.३३ प्रतिशत वोनस सेयर दिने घोषणा गरिसकेको छ । उक्त वोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ९४ करोड रुपैयाँ थप भई पौने चार अर्ब पुग्छ । त्यसपछि बैंकले तीन अर्ब ३० करोड रुपैयाँको एफपिओ जारी गर्नेछ, जसपश्चात्, बैंकको चुक्ता पुँजी सात अर्ब पाँच करोड रुपैयाँ पुग्छ । बाँकी पुँजी बैंकले चालू आर्थिक वर्षको नाफाबाट एक अर्ब रुपैयाँ बराबरको बोनस दिएर पुर्याउने भएको छ । 

standard-chartered-bank

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।