Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आर्थिक ऐन तर्जुमा गरिँदै, अर्थमन्त्रालयले माग्यो सुझाव

admin २०७९ चैत्र ७ गते
सेयर:

बैंकिङ खबर/आर्थिक वर्ष २०८०/०८१ को आर्थिक ऐन तर्जुमाको काम शुरु भएको छ । अर्थ मन्त्रालयले गठन गरेको राजस्व परामर्श समिति सुझाव माग गरेको हो। मन्त्रालयले ९ वटा उपसमिति बनाएर सुझाव माग गरेको छ।

आन्तरिक राजस्व उपसमिति, भन्सार उपसमिति, उद्योग वाणिज्य, लगानी तथा निर्यात प्रवर्द्धन उपसमिति, राजस्व चुहावट नियन्त्रण तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान उपसमिति, कृषि ऊर्जा तथा पर्यटन उपसमिति, बैंक वित्तीय संस्था बीमा सहकारी तथा पुँजीबजार उपसमिति, गैरकर उपसमिति, अन्तर्सरकारी राजस्व व्यवस्थापन उपसमिति, राजस्वसम्बन्धी ऐन नियम प्रशासनिक सुधार उपसमिति गठन भएको छ। उक्त उपसमितिहरुको छुट्टाछुट्टै इमेल ठेगाना रहेको र सम्बन्धित सुझाव माग भएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।