Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विकास बैंकहरुको नाफा १२.१६ प्रतिशतले घट्यो

२०७९ चैत्र ६ गते

बैंकिङ खबर/विकास बैंकले चालू आर्थिक वर्ष २०७९/०८० को माघ मसान्तसम्म ३ अर्ब १९ करोड रुपैयाँ नाफा गरेका छन्। १७ विकास बैंकले माघ मसान्तसम्म सो नाफा गरेका हुन्। पाँच विकास बैंकको नाफा भने सार्वजनिक भएको छैन।

गत वर्ष सोही अवधिमा विकास बैंकले ३ अर्ब ८८ करोड रुपैयाँ नाफा गरेका थिए। जुन गत वर्षको तुलनामा १२.१६ प्रतिशत कम हो। चालू आवको माघ मसान्तसम्म महालक्ष्मी विकास बैंकले ३६ करोड ४ लाख नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ५२ करोड ८ लाख नाफा गरेको थियो।

त्यसैगरी कर्णली डेभलपमेन्ट बैंकले १ करोड २ लाख, साग्रिला डेभलपमेन्ट बैंकले २१ करोड ९ लाख, मितेरीले ६ करोड ३ लाख, मुक्तिनाथ विकास बैंकले ७३ करोड, गरिमाले ५८ करोड, कामना सेवाले २६ करोड, कर्पोरेटले १ करोड १ लाख, ज्योति विकास बैंकले ११ करोड, शाइना रेसुङाले ४९ करोड, लुम्बिनी डेभलपमेन्ट बैंकले ३० करोड र ग्रीन डेभलपमेन्ट बैंकले २ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ ।