March 20th, 2023

चरम आर्थिक संकटमा इजिप्ट, मुद्रास्फीति ३० प्रतिशतले बढ्यो

बैंकिङ खबर/इजिप्टमा पछिल्लो समय आर्थिक संकट गहिरिँदै गएको छ । इजिप्टमा यो मार्च महिनामा मुद्रास्फीति ३० प्रतिशतले बढेको छ । यसअघि सामान्य रुपमा किनेर दैनिक रुपमा प्रयोग गरिने खानेतेल, चीज जस्ता खाद्य पदार्थहरुको मूल्य चर्को रुपमा बढेको छ ।

एक महिनाको बीचमै विभिन्न खाद्यवस्तुको मूल्य दोब्बरदेखि तेब्बरसम्मले बढेको छ । मानिसले खाने खाद्यान्न मात्र नभएर कुखुरालाई खुवाउने चारो पनि इजिप्टले बाह्य मुलुकहरुबाटै आयात गर्दछ । गतवर्ष इजिप्सियन मुद्रा अमेरिकी डलरको तुलनामा आधाले अवमूल्यन भएको थयो । जसका कारण गत जनवरीमा त्यहाँको सरकारी आफ्नो मुद्रालाई पुनः अवमूल्यन गरेको थियो । जसका कारण अन्न लगायतका खाद्यान्नहरुको मूल्य तीव्र रुपमा बढेको हो ।
विश्वको दोस्रो ठूलो गहुँ आयातकर्ता मुलुकको रुपमा रहेको इजिप्टमा रुस युक्रेन युद्धपछि गहुँको मूल्यवृद्धि चरम विन्दुमा पुगेको हो ।
बीबीसीबाट