Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई सुधार गर्नुपर्छः पूर्व गर्भनर डा. नेपाल

२०७९ चैत्र ६ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा.चिरन्जीवी नेपालले नियामक र नीतिगत तहमा भएकाहरु अर्थतन्त्र सुधार्नमा गम्भीर नभएको ताएका छन् ।

पोखरामा आयोजित ‘लथालिङ्ग अर्थतन्त्र कहाँसम्म कहिलेसम्म’ विषयक अन्तरक्रिया कार्यक्रममा मुलुकको अर्थतन्त्र सुधार्न सरकार सचेत नभएको पनि बताए । उनले मौद्रिक नीतिमार्फत सरकारले अर्थतन्त्रलाई सुधार गर्नुपर्ने भन्दै मौद्रिक नीति राम्रो नभएसम्म सुधार हुन नसक्ने बताए।

पूर्वगर्भनर नेपालले सबैले चाहेमा अर्थतन्त्रमात्र नभई देश नै सुधार हुनसक्ने भन्दै त्यसको लागि संकल्पका साथ अगाडि आउनुपर्नेमा जोड दिए । व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्नेमा उनले जिकिर गरे।

‘व्यापार व्यवसाय उत्थानका सप्लिमेन्ट बजेट ल्याएर राहत दिनुपर्छ। अहिले बैंकमा अधिक ब्याज हुँदा रकम लिन नचाहेको हुँदा यसमा ध्यान दिनुपर्नेछ,‘ पूर्वगर्भनरले भने, ‘अहिले पैसा बाहिर बाहिर नै छ । त्यसलाई च्यानलमा ल्याउन पनि सप्लिमेन्ट्रि बजेट ल्याउनुको विकल्प छैन्। ’