Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्तविरुद्ध भ्रम छर्ने काम भइरहेको छः अध्यक्ष शर्मा

२०७९ चैत्र ६ गते

बैंकिङ खबर/लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले पछिल्लो समय लघुवित्तविरुद्ध भ्रम छर्ने काम गइरहेको बताएका छन् । नेपाल राष्ट्र बैंक अन्तर्गतको लघुवित्त संस्था सुपरीवेक्षण विभागको आयोजनामा आइतबार लघुवित्तका प्रमुख कार्यकारी अधिकृत(सिईओ)हरुसँगको अन्तरक्रियाका क्रममा अध्यक्ष शर्माले लघुवित्त संस्थाहरुमा लामो समयदेखिको कोभिड–१९ र तरलताका कारण समस्या देखिएको बताए ।

कतिपय ऋणीहरुलाई बढी कर्जा भएकै कारण तिर्न समस्या भएको भन्दै उनले बाहिर लघुवित्तका बारेमा भ्रम छर्ने काम भइरहेको र यसलाई चिर्नुपर्ने बताए ।

अहिलेको समस्याको कारण डुब्लुकेशन भएको भन्दै एउटै व्यक्तिलाई धेरै संस्थाबाट कर्जा दिँदा समस्या हुने गरेको उनले बताए । यसलाई हटाउनका लागि राष्ट्र बैंकले एउटा ऋणीलाई एउटा मात्र लघुवित्त वित्तीय संसथाले ऋण दिन पाउने व्यवस्था गरेपनि यो यो लङ ट्रमका लागि ठिकै भएपनि एकै पटक कार्यान्वयन गर्दा झन् समस्या हुने बताए ।