नेपाल राष्ट्र बैंकले विदेशी लगानीमा सञ्चालन गरिएका कुनै पनि कम्पनीले लाभांश लैजाने कानुनी व्यवस्था रहेको जनाएको छ । एनसेल कम्पनीले लाभांश लगेको सन्दर्भलाई लिएर राष्ट्र बैंकले पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्ने कानुनी व्यवस्थासँगै लाभांश लैजान सक्ने पनि कानुनी व्यवस्था रहेको बताए ।



