March 19th, 2023

चर्किंदै मिटर ब्याजविरुद्धको आन्दोलन, हिँडेरै काठमाडौं आउँदै पीडितहरु

बैंकिङ खबर/ मिटरब्याज विरुद्धको आन्दोलन पुनः चर्किंन थालेकाे छ । मिटर ब्याजका पीडितहरू आन्दोलन गर्नका लागि हिँडेर काठमाडौं आउँदै छन् । ‘तमसुक व्यवस्था खारेज गर’ भन्ने नाराका साथ बर्दिबासदेखि हेटौँडा हुँदै काठमाडौंसम्म मिटर ब्याजविरुद्ध पीडितहरू हिँडेर काठमाडौं आइरहेका छन् ।

चैत २ गते बर्दिबासबाट शुरु भएको सो यात्रा चैत १६–१७ गतेसम्म काठमाडौं आइपुग्ने मिटरब्याजविरुद्धको संघर्ष समिति नेपालका मनोजकुमार पासवानले बताए ।

७० जनाबाट शुरु भएको यो यात्रामा पीडितहरू तपिँदै गइरहेका छन् । बाटोमा पनि पीडितहरू तपिँदै गइरहेका छन् । काठमाडौंसम्म पुग्दा दुई तीन सय पुग्ने अनुमान आफूले गरेको उनले बताए । ७० जनामध्ये ४७ जना महिला छन् ।

स्थानीय साहु महाजनबाट पीडितहरूले त्यहाँ जिल्ला तथा स्थानीय स्तरमा आन्दोलन गर्दा कुनै सुनुवाइ नभएपछि यसको खालको कठोर आन्दोलन शुरु गरिएको पासवानले बताए । उनीहरू काठमाडौं आउँदा बाटोमा पनि कोणसभा, अन्तर संवाद, नारा, ¥याली जस्ता कार्यक्रमहरू गर्दै आइरहेका छन् ।